राजा महेन्द्रको नाममा छापिएका पैसाहरुमा हस्ताक्षर गर्ने नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर
महेन्द्र_वीर_विक्रम_शाह नेपालका नवौँ शाहवंश राजा थिए। उनले वि.सं. २०११ चैत्र १ देखि वि.सं. २०२८ माघ १७ सम्म नेपालको राजा को रूपमा सेवा गरेका थिए। उनले १९९७ वैशाख २९ गते हरि शमशेर जङ्गबहादर राणा की छोरी इन्द्र राज्यलक्ष्मी देवी शाहसँग विवाह गरेका थिए जहाँ उनीसँग उनका तीन छोरा बीरेन्द्र , ज्ञानेन्द्र र धिरेन्द्र र तीन छोरी शान्ति, शारदा र शोभा रहेका थिए। र रानी रत्न राज्यलक्ष्मी देवी शाह दोश्रो पत्नी थिइन् राजा महेन्द्रले वि.सं. २०१८ सालमा नवलपरासीको महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए भने उनले वि.सं. २०२२ सालमा नवलपरासी जिल्ला को गैँडाकोटमा महेन्द्र राजमार्ग को उद्घाटन गरेका थिए। महेन्द्र उच्चकोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए। आजको विन्दूबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दूरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्न सकिन्छ।
#हिमालय_शमशेर_जंगबहादुर_राणा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्ने सौभाग्य पाउने व्यक्ति हुन हिमालय शमशेर जवरा । राणा वि.स. २०१३ बैशाख १४ देखी २०१७ माघ २५ गतेसम्म राष्ट्र बैंकको पहिलो पहिलो गभर्नरका रुपमा रहेका थिए मोरु १,५,१०,१०० महेन्द्र राजाको पालामा २०१६ फागुन ७ गते नीष्कासीत गरीएको थीयो र नेपालको प्रथम गभर्नर हिमालय शमशेर जबरा को हस्ताक्षर रहेको छ्।। त्यतिमात्र नभइ २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा अर्थमन्त्रालय तथा अन्य निकायहरुको समेत संस्थापकको रुपमा काम गरेका थिए । गभर्नर रहँदा उनले धेरै सुधारको कामहरु गरेका छन् । भारतीय मुद्राको मात्र प्रचलनमा ल्याइने तराई क्षेत्रमा समेत नेपाली मुद्रा लागू गरि तराइवासीलाई नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग रहेको अनुभव समेत गराएका थिए । धेरै निकायहरुमा संस्थापकको रुपमा काम गरेपनि राष्ट्र बैंकको पूर्व गभर्नरका रुपमा नै परिचित रहेका थिए । राणालाई राजा महेन्द्रले नै नियुक्त गरेका थिए । तर पछि महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गर्ने बेलामा उनी समेत राष्ट्र बैंकबाट निकालिएका थिए । त्यस्तै पछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरेका थिए ।
Old Money Collection नेपाली पुरानो पैसा सङ्कलन



Comments
Post a Comment