दलमर्दन शाह पाटनका राजा हुन् । उनी पृथ्वीनारायण शाहका भाइ हुन् । उनी नरभूपाल शाहका तेस्रा छोरा हुन्
दलमर्दन शाह
---------------------
दलमर्दन शाह पाटनका राजा हुन् । उनी पृथ्वीनारायण शाहका भाइ हुन् । उनी नरभूपाल शाहका तेस्रा छोरा हुन् । नेपालको एकिकरणकालमा दाजुलाई निकै सहयोग पुर्याएका थिए । नुवाकोटको युद्धमा १३ वर्षीय दलमर्दनले नुवाकोटको हाकिम जयन्त रानाका छोरा शंखमणि रानाको टाउको छिनालेका थिए ।सन् १७६१ मा पाटनका ६ प्रधानले यिनलाई राजा पनि घोषित गरेका थिए ।
पाटनका प्रधानाहरू नुवाकोट गएर दलमर्दन शाह मागी ल्याई राजा तुल्याए। दलमर्दन शाहले ४ वर्ष राज्य चलाएपछि यी राजा गोर्खाका हुनाले प्रधानहरूको नगनी चलन गर्या र दलमर्दन शाह सिट झगडा भै यी प्रधानहरूले गोर्खाका राजाले हामीलाई भलो गर्न्या छैन भन्ने विचार गरी दलमर्दन शाहलाई धपाए। उनी कैदमा परे। कैदबाट दलमर्दन शाह भागेर बचे। उनी पछि पाटनमा तेजनरसिंहलाई मल्ल थर दिई राजा बनाइयो
राजा प्रतापसिंह शाहको मृत्यु पछि रानी राजेन्द्रलक्ष्मीले उनलाई र महोद्दामकीर्ति शाहलाई काशीबास तोकीदिइन्।




Comments
Post a Comment