राजाको भन्दा रानीको नाममा कमै पैसाहरु निष्कासित हुने गर्छ्न यो Ratna Rajya Lakshmi Devi Shah को Rare Coin

 राजाको भन्दा रानीको नाममा कमै पैसाहरु निष्कासित हुने गर्छ्न यो Ratna Rajya Lakshmi Devi Shah को Rare Coin रहेको छ्। रत्न राज्यलक्ष्मी १९८५ भदौ ०४ गते जन्म भएको थीयो   रत्न राज्य लक्ष्मी देवी शाह  २०११ देखि २०२८ सम्म नेपालको बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुनुभएको थीयो । उहाँ  राजा महेन्द्र वीर विक्रम शाहकी दोश्रो पत्नी हुनुहुन्थ्यो  । यो फोटोमा भएको एक रुपैयाँ को सीक्का रहेको छ यो  वि.स. २०१२ सालमा निष्कासित भएको थीयो र रानीको नाममा निष्कासित यो सीक्का पाउन धेरै मुस्किल छ । अहीले उहाँ को उमेर ९४ वर्षको भएको छ २०५८ जेठ १९ को रात जब दरबार हत्याकाण्ड भयो - मुमा बडामहारानी देवरानी राजकुमारी हेलन शाह सँग  बसिरहेकि थिइन् र उनीहरू बेग्लै कोठमा बसेका हुनाले यसरी बाँचेका थिए। दुई महिलाले गोलीबारी सुने तर यसलाई केही गम्भीर मानेनन्, सामान्य ठाने। केही मिनेट पछि, पारस शाह आए र युवराज दीपेन्द्रले  राजा बीरेन्द्र सहित सबैलाई गोलि प्रहार गरेको कुरा बताए।  



 संविधान सभा निर्वाचन, २०६४ पछी नेपालमा २०६५ सालमा राजतन्त्र अन्त्य भयो । राजपरिवारको सबै सदस्यहरु  नारायणहिटी दरबार छोड्नु पर्ने भयो तर मुमा रानी रत्नलाई  महेन्द्र मञ्जिलमा रहन अनुमति दिइयो । अहीले उहाँ त्यहीँ बस्नुभएको छ । ❤️

#Old_Money_Collection_नेपाली_पुरानो_पैसा_सङ्कलन

Facebook page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/

Comments