दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

 दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने



नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ ।


राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ ।


नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।


बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।


Facebook page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/


Instagrams 👉🏻 https://instagram.com/oldnepali?igshid=OGQ5ZDc2ODk2ZA==


Twitter 👉🏻 https://twitter.com/swa12345678?s=21&t=DqWINakVvZpierQn-HCbVw


YouTube 👉🏻 https://youtube.com/@nepalioldmoney


Tiktok 👉🏻 https://www.tiktok.com/@oldmoneycollection?_t=8ciFq8OnMwh&_r=1


#OldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन 

#NepalpaperMoney #Nepalesecurrency

#NepaliBanknotes #NepaliOldMoney #Nepalirarebanknotes #oldnepalimoney #oldmoney #oldcurrency #nepalioldmoney #moneycollection #nepalimoneycollection #kingtribhuvan #kingmahendra #KingBirendra #currencytrader #NepaliCurrency #oldnepalicurrency #nepalrastrabank #kingbirendra #royalnepal #nepalesecurrency #nepalbanknotes #nepalinote #oldmoneycollection #papermoneyofnepal #nepaleseroyalfamily #kingdomofnepal #numismatic #hobby #nepalinote #moneycollection #kingmahendra #kingtribhuvan

Comments