राजा वीरेन्द्रको राज्याभिषेक Coronation of King Birendra and Queen Aishwarya of Nepal on this day in 1975

 राजा वीरेन्द्रको राज्याभिषेक ❤️🙏

Coronation of King Birendra and Queen Aishwarya of Nepal on this day in 1975 



राजा महेन्द्रको निधनपछि उनका उत्तराधिकारी वीरेन्द्र राजा भए, तर उनको राज्याभिषेक तत्कालै हुन सकेन । २०२८ माघ १७ गते राजा महेन्द्रको निधन भएपछि वीरेन्द्र राजा बनेका थिए ।

महेन्द्रको निधन भएकै दिन नारायणहिटी राजदरबारमा रंगनाथ शर्माको अध्यक्षतामा बसेको राजसभा स्थायी समितिको बैठकले १२ बजेर १७ मिनेटको शुभमुहूर्तमा राजा वीरेन्द्रको राज्यारोहण गर्ने निर्णय गरेको थियो ।

तर, वीरेन्द्रको राज्याभिषेक समारोह भने राजा भएको करिब तीन वर्षपछि मात्र तय भएको थियो । २०३० माघ १५ गते घोषणा भयो, ‘राजा वीरेन्द्रको शुभ राज्याभिषेक शास्त्रानुसार तथा शाही परम्परामुताविक २०३१ फागुन १२ गते हुने भयो ।



Nepali Old Money Collection नेपाली पुरानो पैसा संङ्कलन #Nepalioldmoney #Nepalipuranopoica #kingbirendra #nepaliroyal

Comments