नेपाल राष्ट्र बैंक बाट निष्कासीत बुद्धसँग सम्बन्धित नेपाली संस्मरणात्मक सिक्काहरू
आज बुद्ध जयन्ती “बुद्ध जयन्तीको पावन अवसरमा सबैमा शान्ति, करुणा र ज्ञानको उज्यालो फैलोस्। भगवान् बुद्धका उपदेशहरू हामी सबैको जीवनमा प्रेरणादायी बनून्।”
नेपालमा बुद्धसँग सम्बन्धित नेपाल राष्ट्र बैंकले विभिन्न समयमा भगवान् गौतम बुद्धको योगदान, शिक्षाहरू, र नेपाललाई बुद्धको जन्मभूमिको रूपमा चिनाउने उद्देश्यले विभिन्न संस्मरणात्मक प्रूफ सिक्काहरू निष्कासन गरेको छ। ती सिक्काहरूको फोटो तल प्रस्तुत गरिएको छ ।
बुद्ध जयन्ती, जसलाई वैशाख पूर्णिमा पनि भनिन्छ, भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण भएको दिनको सम्झनामा मनाइने विशेष पर्व हो। यो नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, कम्बोडिया लगायत बौद्ध धर्मावलम्बी देशहरूमा विशेष श्रद्धा र भव्यताका साथ मनाइन्छ।
नेपालको सन्दर्भमा, बुद्ध जयन्ती विशेष रूपमा लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथ, नमोबुद्ध, र अन्य प्रमुख बौद्ध स्थलहरूमा पूजा, ध्यान, प्रार्थना, दीप प्रज्वलन, र दानको माध्यमबाट मनाइन्छ।
गौतम बुद्धको जन्म आजभन्दा करिब २५६९ वर्षअघि लुम्बिनीमा भएको थियो। उहाँको जीवनले अहिंसा, दया, मध्य मार्ग, र सम्यक् विचार को सन्देश दिएको छ। आजको दिन बुद्धका उपदेशहरूको स्मरण गर्दै सत्य, शान्ति, र करुणाको बाटोमा लाग्न प्रेरणा लिइन्छ।
https://www.facebook.com/share/1CniG6ktsr/?mibextid=wwXIfr
#NepaliOldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन #BuddhaBornInNepal #LordBuddha #NepaliProofCoins #BuddhaJayanti #LumbiniCoins #CulturalHeritage #NepalCoinCollector #BuddhistCoins #ShantiKoSandesh #NepalMint #RareNepaliCoins #BuddhaCommemorativeCoins #NepalPride #SanskritikSampada #NumismaticNepal #GautamBuddha #HistoricalCoins #CoinsofNepal #RastraBankNepal #गौतमबुद्ध
#बुद्धजयन्ती #लुम्बिनी #प्रूफसिक्का #स्वर्णसिक्का
#इतिहासिकसिक्का #राष्ट्रबैंकनेपाल #सिक्कासङ्कलन



Comments
Post a Comment