नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले असार २ गतेदेखि नयाँ दस रुपैयाँ दरका नोट बजारमा प्रचलनमा ल्याउने

 नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले असार २ गतेदेखि नयाँ दस रुपैयाँ दरका नोट बजारमा प्रचलनमा ल्याउने जानकारी दिएको छ। यो नयाँ नोट पुरानै डिजाइनमा आधारित हुनेछ। नोटको अगाडिपट्टि नेपाली भाषामा र पछाडिपट्टि अंग्रेजी भाषामा आवश्यक विवरणहरू उल्लेख गरिएका छन्।




नयाँ नोटमा सगरमाथाको चित्र, नेपालको राष्ट्रिय फूल लालीगुराँसको पानी छाप, र तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर समावेश गरिएको छ।


यस नयाँ नोटको संकेत नम्बर द/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्म रहनेछ।

#NepaliOldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन

Comments