२०६२q/६३ को जनआन्दोलनपछि नेपाली नोटमा आएको ऐतिहासिक परिवर्तन 🇳🇵

 २०६२q/६३ को जनआन्दोलनपछि नेपाली नोटमा आएको ऐतिहासिक परिवर्तन 🇳🇵



राजाको शासनकालमा नेपालबाट जारी सबै नोटहरूमा राजाको तस्बिर मुद्रित हुने गर्थ्यो र watermark (पारदर्शी चित्र) मा पनि राजाकै छवि अंकित हुन्थ्यो।

तर २०६२/६३ सालको जनआन्दोलनपछि राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएपछि नोटको डिजाइन परिवर्तन गर्नुपर्ने आवश्यकता आयो।

तर त्यसअघि नै नयाँ नोट छपाइका लागि विदेशमा अर्डर पठाइसकिएको थियो, र त्यसका लागि प्रयोग हुने कागजमा watermark राजाकै चित्र सहित मुद्रित भइसकेको थियो।

त्यही बिचमा आन्दोलनले राजालाई सत्ताबाट हटाएपछि ती नोटहरू प्रयोग गर्दा समस्या हुन गयो।

तर ती कागजहरू फ्याँक्न पनि सकिँदैनथ्यो, किनभने तीमा राष्ट्र बैंकको धेरै ठूलो लगानी भइसकेको थियो — लाखौँ रुपैयाँ बराबरको कागज फ्याँक्दा ठूलो आर्थिक क्षति हुने भएकाले।

त्यसैले त्यसको समाधानका रूपमा watermark मा रहेको राजाको चित्र ढाक्न लालीगुराँसको चित्र थप्न लगाइयो ।

त्यसै क्रममा छापिएका नोटहरूमा मुख्य तस्बिर सगरमाथा राखियो र watermark माथि लालीगुराँस छापिएको देख्न सकिन्छ।

नोटहरूमा का.मु. गभर्नर र विजयनाथ भट्टराई — दुवैको मिश्रण अवस्थामा नोटहरू वितरणमा आए।

(१००० रुपैयाँ दरका नोट अर्थात्, एउटै सिरीजका केही नोटहरूमा का.मु. गभर्नरको हस्ताक्षर र केहीमा विजयनाथ भट्टराईको हस्ताक्षर पाइन्छ। )

त्यसपछि मात्रै नयाँ डिजाइन र नयाँ watermark सहितका नोटहरू — जसमा लालीगुराँस नै watermark बनाइयो — छापिए, जसले गणतान्त्रिक नेपालको नयाँ पहिचान स्थापित गर्‍यो 🇳🇵

मैले बुझे अनुसार हो यो यदि यसमा कुनै विवरणमा त्रुटि वा सुधार गर्नुपर्ने ठाउँ भयो भने कृपया टिप्पणी गरी सच्याइदिनुहोला 🙏©SagarSwaGgaErs


#NepaliOldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन #NepalCurrency #OldNoteHistory

#NepaliBanknote  #CurrencyCollection #RastriyaBankNepal #GantantraNepal #KingdomToRepublic #SagarmathaNote #LaligurasWatermar #NepaliHistory

#VijayanathBhattarai #NepalNoteChange #2062_63Movement  #RareNepaliNotes

#SagarBhusalCollection

Comments