तिहार लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
तिहार लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
नेपाल राष्ट्र बैंकले आगामी बिहीबार र शुक्रबार तिहारलाई लक्षित गरी २.५ ग्रामका सुनका असर्फी तथा १० ग्रामका चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।
बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी तयार पारेको जनाएको छ। सीमित संख्यामा उपलब्ध हुने भएकाले पहिले आउने ग्राहकलाई प्राथमिकता दिइनेछ।
एक व्यक्तिले अधिकतम १ वटा सुनको असर्फी र ३ वटा चाँदीका मेडालियन मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
तिहारको अवसरमा नेपाली परम्परा, संस्कृति र उपहार आदानप्रदानसँग जोडिएका यी विशेष सिक्का तथा असर्फीप्रति सर्वसाधारणको आकर्षण रहने अपेक्षा गरिएको छ।
https://www.facebook.com/share/1JRp3Trk6X/?mibextid=wwXIfr
#नेपालराष्ट्रबैंक #सुनकोअसर्फी #चाँदीकोमेडालियन #तिहार #NepalRastraBank #GoldAsharfi



Comments
Post a Comment